नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष, चिनियाँ सहयोगको प्रशंसा

डिसी नेपाल
६ जेठ २०८२ १४:५०
64
Shares

काठमाडौं । नीति अनुसन्धान संस्थान र राष्ट्रिय अन्तर्राष्ट्रिय रणनीति संस्थान (नेशनल इन्स्टिच्यूट अफ इन्टरनेशनल स्ट्राटेजी)बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमको बीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो।

यस्तै, आजबाट नै नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षको अवसरमा ‘साझा भविष्यतर्फ अघि बढ्ने, नेपाल चीन रणनीतिक सहकार्य साझेदारीको दृष्टिकोण र सम्भावना सम्बन्धी’ सेमिनार पनि आयोजना गरिएको छ।

सोही क्रममा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित सेमिनारको उदघाटन सत्रमा उपस्थित हुन पाउँदा खुशी लागेको बताए।

उनले भने, ‘नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘साझा भविष्यतर्फ अघि बढ्ने, नेपाल चीन रणनीतिक सहकार्य साझेदारीको दृष्टिकोण र सम्भावना सम्बन्धी’ सेमिनारको उदघाटन सत्रमा उपस्थित हुन पाउँदा खुशी लागेको छ। सुरुमा, नेपालको नीति अनुसन्धान संस्थान र चिनियाँहरू मध्ये एक राष्ट्रिय अन्तर्राष्ट्रिय रणनीति संस्थानलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’

यस्तै, उनले चीनले नेपाललाई पूर्वाधार, स्वास्थ्य, शिक्षाको क्षेत्रमा सहयोग गरेको भन्दै नेपाल र चीनबीच एकदमै लामो आर्थिक सहकार्यको इतिहास पनि रहेको बताए।
उनले भने, ‘नेपाल–चीनका सम्बन्ध एकदमै राम्रो हुँदै आएको छ। चीन विश्वासिलो विकास साझेदार हो। हामी पूर्वाधार, स्वास्थ्य, शिक्षाको क्षेत्रमा चिनले गरेको सहयोगप्रति आभार व्यक्त गर्न चाहान्छौं। नेपाल र चीनबीच एकदमै लामो आर्थिक सहकार्यको इतिहास छ। यस्तै चीनबाट आउने पर्यटकहरुले पनि नेपाल–चीनबीचको सम्बन्धलाई राम्रो बनाउँदै गएको छ।’

नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा.लेखनाथ शर्माले सेमिनारले दुई देशबीच थप औपचारिक सहकार्यको जग बसालेको भन्दै यसले पारस्परिक हितका क्षेत्रहरूमा संयुक्त अनुसन्धान, प्रकाशन, संवाद, पठन र नीतिगत संक्षिप्त विवरणहरूको तयारीको लागि मार्ग तयार गरेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.