गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु

डिसी नेपाल
७ जेठ २०८२ १५:५१
420
Shares

गोरखा । गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ। गोरखाबाट आरुघाटतर्फ गइरहेको ग २ ख ९२५ नम्बरको बसको ठक्करबाट गोरखा नगरपालिका–४ फिनामकी चार वर्षीया सुविना सुर्खेतीको मृत्यु भएको प्रहरीले जनाएको छ।

आज दिउँसो बसबाट ओर्लिने क्रममा सोही बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।

उनका अनुसार घटनामा परेर बालिकाकी आमा २० वर्षीय विनीता सुर्खेती भने गम्भीर घाइते भएकी छिन्।

विनीताको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको गोरखा नगरपालिका–४ का कार्यवाहक वडाध्यक्ष निशा रोकाले बताइन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.