बाटोमा सुत्केरी गराउन सहयोग गर्ने प्रहरी जवान चन्द्रिका देउवा सम्मानित

डिसी नेपाल
७ जेठ २०८२ १७:५२
388
Shares

काठमाडौं । कैलालीमा बाटोमा सुत्केरी गराउन सहयोग पुर्‍याउने प्रहरी जवान चन्द्रीका देउवा सम्मानित भएकी छन्।

उनले मंगलबार बिहान गोदावरी नगरपालिका-१ बसन्तपुरस्थित गुह्येश्वरी टोलमा बाटोमा सुत्केरी बेथाले छटपटाइरहेकी २४ वर्षीया चन्द्रा आचार्यलाई सुत्केरी गराएकी थिइन्।

एक्कासि बेथा लागेर लडेको अवस्था भेटिएपछि प्रहरी जवान देउवा प्रहरी चौकी खैरानाबाट घटनास्थलमा पुगेर आचार्यलाई सुरक्षित प्रसूति गराएर पद्मा अस्पतालसम्म पुर्‍याएकी थिइन्।

प्रहरी जवान देउवाको उक्त कामको मूल्यांकन गर्दै कैलाली जिल्ला प्रहरी कार्यालयले बुधबार नगद पुरस्कारसहित प्रशंसा पत्रले उनलाई पुरस्कृत गरेको छ।

कैलालीका प्रमुख एसपी बालनरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.