शव बोकेको एम्बुलेन्स दुर्घटनामा
रामेछाप । दोरम्बाबाट शव लिएर काठमाडौं जाँदै गरेको एम्बुलेन्स खाडादेवी गाउँपालिका-३ भिरपानीमा दुर्घटनामा परेको छ।
दुर्घटनामा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय चोप्राङले जनाएको छ। आत्महत्या गरेका व्यक्तिको शव लिएर काठमाडौं जाँदै गरेको प्र ३ -०१-००२ झ ५८०३ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीको भनाइ छ।
दुर्घटनामा परी दोरम्बा शैलुङ्ग गाउँपालिका-२ का ४१ वर्षीय नारायण नेपाली र ५३ वर्षीय दीपबाहादुर दमाई घाइते भएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment