बुद्ध एयरको ७२ सिटे जहाजको भरतपुरमा परीक्षण उडान सफल

डिसी नेपाल
८ जेठ २०८२ १३:४५
360
Shares

चितवन। भरतपुर विमानस्थलमा बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले सफल अवतरण गरेको छ। १२ सय मिटर लामो धावनमार्गमा ७२ सिट क्षमता भएको जहाजले बिहीबार बिहान काठमाडौं भरतपुर परीक्षण उडान गरेको हो।

अहिले बुद्ध एयरले उडानको सफल परीक्षण गरेको बुद्ध एयर भरतपुरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले जानकारी दिए। बुद्ध एयरका प्रविधिक, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक तथा अन्य प्राविधिकले अध्ययन गरेपछि नियमित उडानका लागि अनुमति दिने गर्दछ।

वरिपरी घर तथा रुख भएका कारण ७२ सिट क्षमता भएको जहाज अवतरण र उडान गर्न समस्या हुने भन्दै उडाइएको थिएन । विमानस्थलको धावन मार्ग विस्तार गर्ने तयारीको अवस्थामा रहेको छ।

अहिले यो विमानस्थलमा बुद्ध एयरको ४२ सिट क्षमता भएको विमानले नियमित उडान भर्दै आएको छ। ७२ सिट क्षमताको विमान आउन थालेपछि भाडा दर घट्ने विश्वास लिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.