स्थानीय आवश्यकता र मागका आधारमा बजेट विनियोजन गरिनुपर्छ : प्रकाशशरण महत

डिसी नेपाल
८ जेठ २०८२ १६:३१
28
Shares

डुम्रे (तनहुँ) । नेपाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बेथितिको अन्त्यका लागि अनावश्यक बजेट बाड्ने पद्धती हटाउनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस तनहुँद्वारा आज वीपी स्मृति भवन दमौलीमा आयोजित समसामयिक विषयमा अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले गर्न सकिएमा बेथिति अन्त्य गर्न सकिन्छ भने।

प्रवक्ता डा महतले भने, ‘अब हरेक तहका नेतृत्वले जिम्मेवारी पुरा गर्नुपर्छ । सुधारिनुपर्छ भनेर आत्मसात गरी कर्तव्यबोध हुनुपर्छ । माथिल्लो तहदेखि तल्लो तहसम्मका नेतृत्व सुधारिन आवश्यक रहेको छ।’

केन्द्र सरकारले तीन करोडभन्दा कम बजेटको योजना स्वीकृत नगर्ने र प्रदेश सरकारले रु एक करोडभन्दा कम योजनाको काम नगर्ने प्रावधान बनाउन सकेमा मात्रै सुधारिन सहज हुने उनको विश्वास छ। उनले भने, ‘नेतृत्वप्रतिको अविश्वास र आक्रोस न्यूनीकरण गर्नुपर्छ र नेतृत्व पनि कर्तव्यबोध हुनसक्नुपर्छ।’

लोकप्रियताका लागि सामाजिक सञ्जाल हरेक पटक भ्रामक सूचना प्रवाहले छाएको निरासालाई हटाउन तीनै तहका नेतृत्व लाग्नुपर्नेमा उनको जोड थियो। उनले भने, ‘सबै पार्टीका नेतृत्व लोकप्रियताको पछि लाग्नु हुँदैन । भविष्यलाई मजबुत बनाउने गरी नेतृत्वले कर्तव्यबोध भएर काम गर्न सचेत हुनुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.