तिलामा असिनापानीले स्याउ बगैँमाचामा क्षति

डिसी नेपाल
११ जेठ २०८२ ९:५१
160
Shares

जुम्ला। असिना सहितको वर्षात्ले यहाँका स्याउ बगैँचामा क्षति पु¥याएको छ । तिला गाउँपालिका–९ मा शुक्रबार साँझ परेको असिनाले बगैँचामा क्षति पु¥याएको हो ।

विशेष गरेर राँस, मालपानी खोप्री, ढिपु गाउँका गहुँ, जौ, आलु, सिमीलगायत बालीनाली स्याउ, ओखरमा असिना पानीले क्षति गरेको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए । झण्डै आधा फिट असिना परेको थियो । वडाध्यक्ष रावतले भने, “पाकेको बाली खेतबारीमै झारेको छ । सिमी, आलु, मकै, फापरलगायतको बाली नष्ट पारेको छ ।

स्थानीय सरकारदेखि प्रशासनलाई राहतका लागि पहल भइरहेको छ ।” असिनाले राँसाका ११० र मालापानी गाउँका ६८ घरघुरी प्रभावित बनेको वडाध्यक्ष रावतको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.