केरला तट नजिकै लाइबेरियाली जहाज डुब्यो, २४ जनाको उद्धार
काठमाडौं । केरलाको तट नजिकै लाइबेरियाको एउटा कार्गो जहाज डुबेको छ। भारतीय तटरक्षक दल र भारतीय नौसेनाले संयुक्त अभियानमा जहाजका सबै २४ चालक दलका सदस्यहरूलाई उद्धार गरेका छन् ।
“जहाजमा ६४० कन्टेनरहरू थिए, जसमध्ये १३ वटामा खतरनाक सामग्रीहरू थिए र १२ वटामा क्याल्सियम कार्बाइड बोकेका थिए,” तटरक्षकले आइतबार एक्समा एक पोस्टमा भनेको छ ।
विज्ञप्तिमा थप भनिएको छ ‘यस बाहेक जहाजको ट्याङ्कीमा ८४.४४ मेट्रिक टन डिजेल र ३६७.१ मेट्रिक टन फर्नेस तेल थियो। यसले गर्दा वातावरणमा क्षति पुग्ने खतरा छ।
“२५ मे बिहान, एमएससी एल्सा ३ द्रुत गतिमा ढल्कियो, पल्टियो र डुब्यो,” भारतीय तटरक्षक दलले एक विज्ञप्तिमा भनेको छ।
यस अपरेशनमा, भारतीय तटरक्षक दलले २१ जना चालक दलका सदस्यहरूलाई उद्धार गरेको थियो र तीन जना सदस्यहरूलाई आईएनएस सुजाताले उद्धार गरेको थियो।







डिसी नेपाल








Facebook Comment