भ्रष्टाचार आरोपमा मधेश प्रदेश सांसदका स्वकीय सचिव पक्राउ

डिसी नेपाल
१३ जेठ २०८२ १७:२४
340
Shares

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहका स्वकीय सचिव बिनोद कुमार लाल कायस्थलाई भ्रष्टाचार आरोपमा नियन्त्रणमा लिएको छ।

आयोगको टोलीले जेठ १२ ९उ(हिजो)जनकपुरधाम उपमहानगरपालिका–९ स्थित सरस्वती टोलबाट अपराह्न १ बजे उनलाई पक्राउ गरेको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ।

आयोगका अनुसार सांसद सिंहले विभिन्न उपभोक्ता समितिहरू गठन गरेको देखाई ती समितिका खातामा आएको रकम आफ्ना स्वकीय सचिवमार्फत झिकाएर आफू र आफ्नी श्रीमतीको व्यक्तिगत खातामा जम्मा गराएका हुन्।

साथै, बिनोद कुमार कायस्थको खातामा समेत सरकारी रकम जम्मा गराई दुरुपयोग गरिएको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

स्वकीय सचिव कायस्थ पक्राउपछि आयोगले सांसद सिंहले प्रयोग गर्दै आएका विद्युतीय उपकरणहरू पनि नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.