म्यानचेस्टर युनाइटेड असियन अल स्टार्ससँग पराजित
काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले हारबाट प्रि सिजन टुरको सुरुआत गरेको छ। मे बैंक च्यालेन्ज कपमा बुधबार पाहुना टोली युनाइटेड असियन अल स्टार्ससँग १-० ले पराजित भयो।
मलेसियाको क्वालालाम्पुरस्थित नेसनल बुकित जलिल रंगशालामा सम्पन्न खेलमा माउङ माउङ ल्विनले गरेको एकमात्र गोल असियनलाई जित दिलाउन पर्याप्त बन्यो। ल्विनले ७२औं मिनेटमा गोल गरेका थिए ।
उनले एड्रियन सेगेसिकको पासलाई पोस्टको दिशा दिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment