कविता : सक्कली र नक्कली श्रीपेच
एक सक्कली श्रीपेच छ राजा हुनेको यहाँ
नक्कली श्रीपेचहरु छन् नेताहरुको शिरमा।
शाह राजाहरुले लाए एकै श्रीपेच यहाँ
सयौं नेताहरुले लाए श्रीतीनपेच देशमा।
हाँसी राजा श्रीपेच छोड्छन् जनतामहा
रोइ नेता देश हाँक्छन् सात नेताहरु यहाँ।
राजा राजतन्त्रको खोजीमा नेता गणतन्त्रमा
सत्ताको डोरी गाँठो छ यो देश नेपालमा।
गणतन्त्र नेपालमा बीस वर्ष बितिसक्यो
जनता आत्तिएको उती नै वर्ष भइसक्यो।
सानो गराको देशमा सयौं राजा कति भए
हिजोको राजा हटाई अहिले नयाँ राजा बनिसके।
लाटा अज्ञानी भुराभुरी सबै नेता भइगए
नेताहरु मिली देशमा भाँडभैलो गरिसके।
राजा निरङ्कुश भए भन्दै आफैं राणा बनिसके
चौतर्फी जनता मारी अत्त्याचारी बनिसके।
भकारी देशको लुटी जनता रुवाइकन
के गर्छन् र यी नेताले देशमा बसिकन।
नेता भए खुरापाती भ्रस्टाचारी र दुर्जन
छैन कसैको यिनको कोही मान र मर्दन।
सात आठ र दशको शिक्षा बोकी हिँड्दछन्छा
ती फर्काई फर्काई गालीको मुख भर्दछन्।
गाली घमण्ड त्यो उनको एकैमात्र छ रोदन
बच्चा जस्तो कराउँछन् त्यो संसद उचालन।
कति नै दिन हो यिनको यो सत्ता सम्हालन
आउँदै छन् युबा नेता यी सबलाई भगाउन।
सानो देश नेपालमा सयौं राजा बनिसके
हरेक प्रदेशका मन्त्री धनी राजा भइसके।
ठूलानेता ठूलाराजा साना सब गणराज्यमा
नक्कली श्रीपेच लाइ हिँड्छन् जहाँ तहाँ।
मान छैन कसैको बिशाल मुख बाउँछन्
बिदेशीकै इशारामा सत्ता हाँकी बस्तछन्।
उता राजा यता राजा राजेराजा छन् नेपालमा
सबैको मन भित्र के के छ थाह भएन देशमा।
राजा पुराना ज्ञानेन्द्र मन्दिर घुमी हिँड्दछन्
देशका नयाँ राजाहरु आपसमा भिड्दछन्।
गणतन्त्रको नाममा नेताहरुले सबै लुटिसके
आफ्नो परिवार नातालाई अरबौं कमाइ सके।
बिकासको कुरा गर्दै देश खोक्रो बनी सक्यो
अब केही बाँकी घडा रोत्तो भई सक्यो।
यही भयाे गणतन्त्रको हार अब छैन क्यै पाउने
केही पाउनु नै छ भने श्रीतीनको पछि लागने।
सक्कली श्रीपेचको तेज झल्किँदो छ देशमा
राजा भई आउने हुन् कि ज्ञानेन्द्र नेपालमा।
बुद्धिज्ञान कोमा छ त्यो ब्यबहारले चिनाउँछ
राजा नेता दुवै दाँज्दा राजानै नजिक आउँछ।
एक राजा एक दरबार त्योपनि पुरानै छ ति
सयौं राजा सयौं दरबार सबै बिदेसी हुन ति।
गर्दैनन् यी नेताले देशको कुनैपनि बिकास
रिसले आगो भै बस्छन् खोजदैनन् कुनै निकास।
आगो बोकी हिँडेका छन् नेता सबै नेपालमा
पुँजीको रित्तो थाल ठटाउँछन् यो देशमा।
खोइ उद्योग कारखाना सबै बन्द भइसके
युवायुवतीहरूकाे लर्को बिदेसिने बनीसके।
ऋण बढी बढी देशमा कोलाहल मच्चिसक्यो
नसक्ने भए बोझले जनता निरीह भइसक्यो।
बलिया नेता कुनै छैनन् सत्तामा आउनेहरु
यसैगरी नै यो देश चल्ने हो कुकर्म गरनेहरु।
माला सय किलोको भिरी जनता झुक्क्याउने
गणतन्त्रको खोक्रो नारा दिई राजतन्त्र भगाउने।
राजा फेरि खोज्दैछन् उनको पदको निशान
नजान्छ योतन्त्र नआउँछ राजाको बिमान।
कसले के पाउने होला जनता सब रुवाइकन
कसैले केही पाउँदैनन् यो श्रीपेच लुकाइकन।
सबैले यो कुरा बुजुन् राजसंस्था बनिरहोस्
यसैको छत्र छायाँमा राष्ट्रयता रही रहोस्।
सक्कली श्रीपेच टल्काइ राजा फिर्ता गरिकन
नक्कली श्रीपेच पन्छाउन लागौं सबै जुटिकन।
सत्ता मोहको प्यासी खानेछन् बाँडी चुडिकन
छोरा नाति पत्नी बुहारी सबै धनी बनाइकन।
राणा श्रीपेचका नेता बाक्लो देखिन्छ देशमा
पाँच श्रीपेचका राजा बस्छन् शान्त स्वभावमा।
राजा चाहिन्न भन्नेले आफ्नो अनुहार हेरन
राजा चाहिन्छ भन्नेले राजाको मुख हेरन।
नेताको मुख के हेरछौ लामो थुतुनो सानो हात
ठूलो भुँडी र कान शिक्षाको कुरा गर्दा छसात र आठ।
सापले निली खाँदैछ भ्यागुताहरु मुखमा
भ्यागुताहरु टिप्दैछन् साना किराहरु भुइँमा।
राता पिरा बनेका छन् नेताहरु देशमा
जनताहरु जाँदैछन् दौडी दौडी बिदेशमा।
रित्तो देश भयो हाम्रो लथालिंग जताततै
गणतन्त्र बन्यो हाम्रो भाग्यको बिसंगति।
सातनेता बायाँ बसी राजा दायाँ बसे भने
राजानै ठिक देखिन्छन् अरु सबै गनाउने।
भो चाहिन्न योतन्त्र राजतन्त्र नै भए पुग्यो
राजनीति नगर्नेलाई राजा भएर के भयो।
देश निर्माण गर्नेमा राजाको जति देन छ
देश लुटी खानेमा नेताहरुको जति झेल छ।
राजा चाहिन्न भन्नेले राजाको देन हेरन
राजा चाहिन्छ भन्नेले राजाको पछि लाग्न
चाहिन्न नक्कली श्रीपेच गाइजात्रा देखन
चाहिन्छ सक्कली श्रीपेच भने दरबार गइ हेरन
चाहिन्छ सक्कली श्रीपेच भने दरबार गइ हेरन।
















Facebook Comment