गोरखाका ग्रामीण क्षेत्रका मुख्य सडक अवरुद्ध

डिसी नेपाल
१८ जेठ २०८२ २३:१९
104
Shares

गोरखा । पहिरोका कारण गोरखाका ग्रामीण क्षेत्र प्रवेश गर्ने मुख्य सडकहरु अवरुद्ध बनेका छन्। गोरखा–आरुघाट सडकको ढुङ्गागाडे खण्डमा पहिरो जाँदा सवारी आवागमन ठप्प भएको हो।

ग्रामीण क्षेत्रतर्फ जाने मुख्य सडक पहिरोले क्षतिग्रस्त हुँदा उत्तरी गोरखा प्रवेश गर्ने यात्रुले सास्ती खेप्नु परेको छ। सो सडक पहिरिएपछि सदरमुकामबाट सहिदलखन गाउँपालिका, भीमसेनथापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे तथा चुमनुब्री गाउँपालिकातर्फ जाने सवारीसाधन चल्न नसकेका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए।

‘ढुङ्गाढेको खोल्सामा कल्भर्ट भासिएको छ’, उनले भने, ‘त्यहाँबाट सवारीसाधन चल्न सकेका छैनन्।’ सडक क्षतिग्रस्त भएपछि पूर्वाधार विकास कार्यालयले साइनबोर्ड राखी अन्य वैकल्पिक मार्ग अपनाउन आग्रह गरेको छ। साथै जिल्ला प्रशासन कार्यालयले सार्वजनि सूचना जारी गरी सो सडक मर्मत नहुञ्जेल वैकल्पिक मार्ग अपनाउन सूचित गरेको छ।

सहायक जिल्ला प्रमुख अधिकारी एवं विपद् फोकल पर्सन चित्राङ्गत बरालले गोरखा–आरुघाट सडकमा चारपाङ्ग्रे सवारीसाधान आवतजावत हुन नसक्ने गरी क्षति पुगेको बताए। पूर्वाधार कार्यालयका प्रमुख गणेश सुवेदीले सो सडक यथाशीघ्र मर्मत गरिने बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.