मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आईपीएलको फाइनलमा

डिसी नेपाल
१९ जेठ २०८२ ६:४३
912
Shares

काठमाडाैं।  पञ्जाब किंग्सले आईपीएल २०२५ को क्वालिफायर-२ मा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ। योसँगै टोली ११ वर्षपछि आईपीएलको फाइनलमा प्रवेश गरेको छ। यसअघि टोलीले २०१४ सिजनको उपाधि खेलेको थियो। अब फाइनल जुन ३ मा पञ्जाब र बैंगलोरबीच हुनेछ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार भएको खेलमा पञ्जाबले १९ ओभरमा २०४ रनको लक्ष्य पछ्याउँदै पञ्जाब किंग्सले फाइनल सुरक्षित गरेको हो। पञ्जावका कप्तान श्रेयसले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाउन सफल भए।

उनले ४१ बलमा ८७ रनको अविजित इनिङ खेलेका थिए भने यो इनिङ्समा ५ चौका र ८ छक्का समावेश भएको थियो। १९ औं ओभरमा बलिङ गरिरहेका अश्विनी कुमारको बलमा कप्तान श्रेयस अय्यरले दुई छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए। उनी खेलको प्लेयर अफ द म्याचसमेत चुनिए।

श्रेयसका साथै नेहल वढेराले ४८ र जोस इन्ग्लिसले ३८ रन बनाउन सफल भए। जसमा अश्विनी कुमारले दुई विकेट लिए। टस हारेर ब्याटिङ गरेको मुम्बईका तिलक वर्मा र सूर्यकुमार यादवले ४४ रनको इनिङ्स खेले। जोनी बेयरस्टोले ३८ रन बनाए। पञ्जाबका अजमातुल्लाह उमरजाईले २ विकेट लिएका थिए।

पञ्जाब आइपीएल २०२५ को फाइनलमा प्रवेश गरेसँगै टोलीले मे ३ मा बेंगलुरुको सामना गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.