अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले एकदिवसीय क्रिकेटबाट सन्यास लिए

डिसी नेपाल
१९ जेठ २०८२ १२:२६
188
Shares

काठमाडौं । अष्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन्। म्याक्सवेल २०१५ र २०२३ मा एकदिवसीय विश्वकप जित्ने अस्ट्रेलियाली टोलीको हिस्सा थिए। म्याक्सवेलले २०२६ को टी-२० विश्वकप, बिग ब्यास र अन्य विश्वव्यापी प्रतिबद्धताहरूलाई ध्यानमा राख्दै यो निर्णय लिएका हुन्।

ग्लेन म्याक्सवेलले आफ्नो एकदिवसीय सन्यासको बारेमा फाइनल वर्ड पोडकास्टमा भने, ‘मैले २०२७ को विश्वकपको बारेमा छनोटकर्ताहरूसँग कुरा गरें। मैले भनेँ – मलाई लाग्दैन म यो गर्न सक्षम हुनेछु। म केही शृङ्खलाहरूमा मात्र सीमित हुन चाहन्नथें र आफ्नै स्वार्थका कारण खेल्न चाहन्नथें।’

म्याक्सवेल भन्छन्, ‘सुरुमा मलाई अप्रत्याशित रूपमा टोलीमा छनोट गरिएको थियो, त्यतिबेला म केही खेल खेल्न उत्साहित थिएँ। त्यसपछि करियरमा उतारचढाव आए। बाहिरिनु, पुनरागमन गर्नु, विश्वकप खेल्नु र केही उत्कृष्ट टोलीहरूको हिस्सा हुनु। मलाई लाग्न थाल्यो कि मेरो शरीरको प्रतिक्रिया अब टोलीको लागि ठीक छैन। मैले जर्ज बेली (प्रमुख छनोटकर्ता) सँग कुरा गरें र उनलाई अब के हुन्छ जस्तो लाग्छ भनेर सोधें। टोली स्पष्ट दिशामा अघि बढिरहेको छ र यो निर्णयले उनीहरूलाई अर्को विश्वकप अघि सही संयोजन निर्णय गर्न समय दिनेछ।’

३६ वर्षीय ग्लेन म्याक्सवेलले अस्ट्रेलियाका लागि १४९ एकदिवसीय खेलमा ३३.८१ को औसतमा ३९९० रन बनाएका छन्। यस अवधिमा उनले ४ शतक र २३ अर्धशतक बनाए । म्याक्सवेलले एकदिवसीय खेलमा ४७.३२ को औसतमा ७७ विकेट पनि लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.