आइसिसी विश्वकप लिग–२: नेपालले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै
काठमाडौं। आइसिसी विश्वकप लिग–२ अन्तर्गत चौथो चरणको आफ्नो पहिलो खेलमा नेपालले टस जितेको छ। स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका छन्। त्रिकोणात्मक एक दिवसीय उक्त शृङ्खलामा नेपाल र स्कटल्यान्डसँगै नेदरल्यान्डस् रहेको छ।
हालसम्म नेपाल र स्कटल्यान्डबीच आठ एकदिवसीय अन्तरराष्ट्रिय खेल भएको छ। जसमा नेपालले चार र स्कटल्यान्डले तीन खेलमा जित निकालेका छन्। एक खेल भने नजिताविहीन भएको थियो। विश्वकप लिग–२ मा नेपाल १२ खेलबाट ६ अंकका साथ अंक तालिकाको पुछारमा छ भने स्कटल्यान्ड १६ खेलबाट २० अंक जोडेर चौथो स्थानमा छ।
आजको खेलमा नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित उपकप्तान दीपेन्द्रसिह ऐरी, भीम सार्की, आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, सन्दीप लामिछाने, गुल्शन झा, सोमपाल कामी, करण केसी र रिजन ढकाल रहेका छन्।







डिसी नेपाल








Facebook Comment