केवल ७ वर्ष अन्तर्राष्ट्रिय खेल खेलेका दक्षिण अफ्रिकी क्रिकेटरले ३३ वर्षको उमेरमै सन्यास लिए

डिसी नेपाल
१९ जेठ २०८२ १६:२२
8.0k
Shares

काठमाडौं । दक्षिण अफ्रिका क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान हेनरिक क्लासेनले सोमबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो सन्यासको घोषणा गरेका छन् ।

उनले इन्स्टाग्राममा लेखेका छन्, “आज मेरो लागि दुखद दिन हो किनकि म घोषणा गर्दछु कि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु।”

क्लासेनले भने, “म र मेरो परिवारको भविष्यको लागि के उत्तम हुन्छ भनेर निर्णय गर्न मलाई धेरै समय लाग्यो। यो साँच्चै धेरै गाह्रो निर्णय थियो, तर अब म यसबाट पूर्ण रूपमा सन्तुष्ट छु।”

उनले ६० एकदिवसीय खेलमा ४३.६९ को औसतमा २१४१ रन बनाए, जसमा उनको उच्चतम स्कोर १७४ थियो। ५८ टी-२० अन्तर्राष्ट्रिय खेलमा उनले १४१.८५ को स्ट्राइक रेटमा १००० रन बनाए।

यसअघि, क्लासेनले जनवरी २०२४ मा टेस्ट क्रिकेटमा केवल चार खेल खेलेपछि टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए।

क्लासेनले २०१८ मा मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले केवल ७ वर्ष मात्र अन्तर्राष्ट्रिय खेल खेलेर ३३ वर्षको उमेरमै सन्यास घोषणा गरे । उनले एक हप्ता अगाडि मात्र आइपीएलमा सनराइजर्स हैदराबादको लागि खेल्दै ३९ बलमा १०५ रनको तुफानी इनिङ खेलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.