हङकङ जाने फुटबल टिमको विदाई

डिसी नेपाल
१९ जेठ २०८२ १७:४८
124
Shares

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले हङकङसँग अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको विदाई गरेको छ।

सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा खेलकुदमन्त्री तेजुलाल चौधरी लगायत एन्फा पदाधिकारीले नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको विदाई गरेका हुन्।

नेपालले यहि जुन ५ मा हङकङसँग उसकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्ने छ भने त्यसपछि एएफसी एसियन कप छनोट अन्तर्गत लाओससँग जुन १० मा उसैको घरेलु मैदानमा नेपालले खेल खेल्नेछ।

विदाई कार्यक्रममा खेलकुदमन्त्री चौधरीले नेपाली टोलीसंग राष्ट्रले गरेका आशालाई पुरा गर्नका लागि उच्च मनोवलका साथ मैदान उत्रन आग्रह गरे। उनले खेलाडीको विकासका लागि सरकारले पहिलो तुलनामा बजेट बढाउदै लगेको जानकारी दिए।

खेल र खेलाडीको विकासका लागि सरकार सदैव गम्भी रहेको मन्त्री चौधरीले बताए। सोमबारै एन्फाले ले २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.