कांस्य पदक विजेता एरिकालाई विमानस्थलमा स्वागत

डिसी नेपाल
२० जेठ २०८२ ११:३४
68
Shares

काठमाडाैं। कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी नेपाली कराते खेलाडी एरिका गुरुङलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ।

मोरोक्कोको रावतमा भएको लिगमा सहभागी भएर मंगलबार स्वदेश फर्किएकी कराते खेलाडी एरिकालाई त्रिभुवन बिमानस्थलमा राखेप सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा लगाएतले स्वागत गरेका हुन्।

बाजागाजासहित एरिकालाई कराँतेका खेलाडी, समर्थक, आफन्त र शुभचिन्तकले स्वागत गरेका थिए। सो क्रममा नेपाली कराँते खेलाडी एरिकाले अहिले कांस्य पदक जितेपनि स्वर्ण पदक जित्ने लक्ष्यका साथ अघि बढ्ने बताइन्।

कराते वान प्रिमियर लिगको महिला ६८ केजीमाथि तौल समूहमा नेपालको प्रतिनिधिन्व गर्दै ऐरिकाले फ्रान्सेली खेलाडी क्लेमेन्स पिएलाई ६-२ ले पराजित गरेकी थिइन्।

एरिका विश्वकै शीर्ष ३२ खेलाडी मात्र खेल्ने लिगमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.