बाढीपहिरो न्यूनीकरणका लागि तयार रहन सरकारलाई निर्देशन

डिसी नेपाल
२० जेठ २०८२ १३:३८
52
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले बाढी र पहिरोका कारण पूर्वाधारहरुमा हुन सक्ने क्षती न्यूनीकरणका लागि तयारी गर्न सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समितिले यस वर्ष भारी वार्षाका कारण केही स्थानमा ठूलो धनजनको क्षति हुने आकंलन गरिएकाले त्यस्ता क्षेत्रमा पूर्वाधारमा हुन सक्ने क्षती न्यूनीकरण गर्नका लागि तयारी गर्न निर्देशन दिएको हो।

बैठकमा उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले यसअघिको प्राकृतिक प्रकोपबाट भएको क्षतिबाट पाठ सिक्दै यस वर्ष क्षति हुन नदिनका लागि आवश्यक तयारी भइरहेको बताए।

बागमती नदिबाट आसपासका बस्तीमा क्षति हुन नदिनका लागि पनि तयारी गरिएको उनले जानकारी दिए। सिंहले स्थानीय सडक, पुल र बेली ब्रिजलगायत पूर्वाधारमा क्षति हुन नदिने र क्षति भइहाले तत्काल निर्माण गर्नका लागि मन्त्रालय लागेको धारणा राखे।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वर्षातको समयमा देशभर रहेको सडक सञ्जाल सहजरुपमा संचालन हुने वातावरण बनाउन पूर्वतयारी थालिएको बताए।

उनले एक आर्थिक वर्षमा प्रस्ताव गरिएका आयोजना पूरा नहुँदा अर्को वर्ष नयाँ आयोजना प्रस्ताव गर्दा पहिलेका आयोजना अलपत्र पर्ने गरेको बताए। गतवर्षको बाढीका कारण काठमाडौं उपत्यकामा प्रवेश गर्ने सवै नाका बन्द हुने अवस्थामा पुगेको भन्दै मन्त्री दाहालले यस बर्ष त्यस्तो अवस्था दोहरिन नदिन विभिन्न विकल्पमाथि छलफल भइरहेको उल्लेख गरे।

उनले नागढुङ्गा बाटोको विकल्पको रुपमा सितापाइला धार्के सडकलाई प्राथमिकता दिएर बनाइरहेपनि केहि जोखिम रहेको बताए। बैठकमा समिति सदस्यहरूले वर्षातमा समयमा पूर्वाधारमा हुने क्षति न्यूनिकरणका साथै क्षति भइहाले बैकल्पीक व्यवस्थाका लागि तयार हुनुपर्ने सुझाव दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.