विधेयक संशोधन सहमति गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

डिसी नेपाल
२० जेठ २०८२ १७:४०
304
Shares

काठमाडौं। राष्ट्रियसभाबाट ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधन सहमति गरियोस’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।

सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसअघि मन्त्री पन्तले सांसदको प्रश्नको जवाफ दिँदै यस विश्वविद्यालयले सुदुरपश्चिममा मात्र नभई देशको शैक्षिक र स्वास्थ्य शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण प्रभाव पार्ने उल्लेख गरे।

‘नेपालको मेडिकल साइन्ससम्बन्धी खुलेको पहिलो विश्वविद्यालय हो। देशको पिछडिएको भनिएको क्षेत्र सुदुरपश्चिममा खुलेको छ’, उनले भने, ‘कैलाली र कञ्चनपुर हुँदै हाम्रा नेपाली विद्यार्थी भारतमा जसरी लर्को लाग्दथे, अब उनीहरुको पाइला गेटामा गएर रोकिनेछन।’

मन्त्री पन्तले झण्डै ५१.१ हेक्टरको क्षेत्रफलको जगामा ५० वटाभन्दा बढी संरचना निर्माण भइसकेको जानकारी गराए। उनकाअनुसार हालसम्म सबै ठुला संरचना सम्पन्न भइसकेका छन्। जसमा ३९ वटा ठूला भवन छन्।

त्यसैगरी अध्यक्ष नारायणप्रसाद दाहालले आगामी आर्थिक वर्ष २०८२/८३ का राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि यही जेठ २१, २२ र २३ गतेको मिति तोके। छलफलमा भाग लिन चाहने सदस्यले दलीय आधारमा बैठक सुरु हुन एक दिन अगावै कार्यव्यवस्था शाखा राष्ट्रियसभामा नाम उपलब्ध गराउन उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.