प्रतिनिधिसभा बैठक बस्दै, संसद चल्ला?

डिसी नेपाल
२१ जेठ २०८२ ६:४१
140
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ।

मंगलबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएपछि बुधबार बोलाइएको हो।

हिजो ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भए पनि भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकको राजीनामा नदिएको भन्दै विपक्षी दलले बोल्न सहमति नदिएपछि बुधबारसम्मका लागि स्थगित गरिएको थियो।

संसद सचिवालयका अनुसार बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।

विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.