भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्ने प्रतिबद्धता आए सदन सूचारु हुन्छः माओवादी

डिसी नेपाल
२१ जेठ २०८२ १८:०४
104
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा सरकारका तर्फबाट छानबिन समिति गठन गर्ने प्रतिबद्धता आए सदन सूचारु हुने बताएका छन्।

बुधबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पाण्डेले प्रधानमन्त्री, कानूनमन्त्री वा सरकारका तर्फबाट कोहि पनि मन्त्रीले छानबिन समिति गठन गर्ने प्रतिबद्धता मात्र जनाए सदन सूचारु हुने बताएका हुन्। प्रतिपक्षी लचक भएर छानबिन समिति गठनको प्रतिबद्धता मात्र माग गर्दा पनि सत्तापक्ष त्यसमा तयार नभएको उनले बताए।

पाण्डेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई नै किटान गरेर आरोप नलगाएको तर गृह मार्फत रहने निकायको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने धारणा राखे। उनले सदन चले आफ्ना कुराहरु सदनमा नै राख्ने बताए। संसदमा १३ गतेदेखि उठाएका विषयमा प्रतिपक्षी दल कायमै रहेको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.