नेदरल्यान्ड्सले नेपाललाई दियो दुई सय २६ रनको लक्ष्य

डिसी नेपाल
२१ जेठ २०८२ १९:५०
448
Shares

काठमाडौं। आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आजको खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई सय २६ रनको लक्ष्य दिएको छ। स्कटल्याण्डको डुन्डेमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ अ‍ोभरमा सबै विकेट गुमाउँदै दुई सय २५ रन बनायो।

नेदरल्यान्ड्सका नोवा क्रासले सर्वाधिक ४८ तथा कप्तान स्कट एडवार्डसले ४६ रन बनाए। विक्रमजित सिंहले ३८ रन बनाए। नेपालका सोमपाल कामीले तीन विकेट लिए। उनले ९.१ ओभरमा ४८ रन खर्चिए। यस्तै करन केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान दुई दुई विकेट लिए।

नेपालले त्रिदेशीय सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई हराएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.