जन्ते बाख्रोको प्रिमियर सम्पन्न

डिसी नेपाल
२२ जेठ २०८२ ९:२२
24
Shares

काठमाडौं । यही जेठ २३ गतेदेखि प्रदर्शनमा आउने चलचित्र जन्ते बाख्रोले भव्य प्रिमियर सम्पन्न गरेको छ । बुधबार काठमाडौंको सिभिल मलमा चलचित्र जन्ते बाख्रोको प्रिमियर गरिएको हो।

प्रिमियरमा कलाकारहरु सौगात मल्ल, गरिमा शर्मा, सन्दीप क्षेत्री, लाहुरे, अनुपविक्रम शाही, वर्षा राउत, सञ्जोग कोइराला, अशिम शाह, महेश काफ्ले, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको बाक्लो उपस्थित थियो।

प्रिमियर पछि पत्रकारहरुसँग कुरा गर्दै गायक महेश काफ्लले चलचित्रको कथा सरर बगेकोले राम्रो लागेको भन्दै आमाको भुमिकामा रहेकी रमा थपलियाको अभिनयको तारिफ गरे।

‘कथा बगेको छ । यसको महत्वपूर्ण पाटो पनि कथा बग्नु नै हो । चलचित्रमा सबै गित संगित एकदम राम्रो छ । सौगात दाईको ममिको भुमिका निभाउनु भएको रमा थपलिया ज्यू उहाँको एकदम राम्रो गर्नुभएको छ । समग्रमा राम्रो छ,’उनले भने। यस्तै कलाकार लोकेन्द्र लेखकले टिम राम्रो हुदाँ नै चलचित्र राम्रो बन्ने भन्दै यो टिमले राम्रो चलचित्र बनाएको बताए।

उनले भने, ‘ जब टिम राम्रो भईदिए पछि सबै राम्रो हुन्छ जस्तो लाग्छ । अहिले हामीले कन्टेन मात्र भनिरहेका छौ कहिलेकाही कन्टेनको बिचमा मनोरञ्जन, पारिवारीक चलचित्र जो सबैले हेर्न मिल्छ। २ घण्टाको समयमा बच्चादेखी बुढासम्म सबैले मनोरञ्जन लिएर खुसि हुदैँ बाहिर जाउन्  भन्ने यो प्रयास हो ।’ उनले थप भने,‘ यसमा टिम नै राम्रो भएर पनि अव यो मिस हुनेवाला छ ।’

यसैगरी प्रिमियरमा पुगेका वर्षा राउत र सञ्जोग कोइरालाले पनि लामो समयपछि रमाइलो चलचित्र हेर्न पाएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.