ट्राफिक चेकजाँचका नाममा दुव्र्यहार गर्ने काम भइरहेको छ : मुख्यमन्त्री सिंह

डिसी नेपाल
२२ जेठ २०८२ १५:३९
40
Shares

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आजभोलि ट्राफिक चेकिङ्गको नाममा सवारी चालकहरुलाई दुव्र्यवहार गर्ने काम भइरहेको गुनासो गरेका छन्।

बिहीबार जनकपुरधाममा ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रमको उदघाटन समारोहमा बोल्दै मुख्यमन्त्री सिंहले आजभोलि थोरै दुरीमा पटकपटक चेक जाँच गरेर ट्राफिक चेकिङ्गको नाममा सवारी चालक र यात्रुहरुलाई दुःख दिने गरेको गुनासो गरे।

उनले खासगरी एउट जिल्लाबाट अर्को जिल्ला जाने क्रममा एक किलोमिटर भन्दा कम दुरीमा दुई–दुई पटक चेकिङ्ग गर्ने गरेकाले यस्तो नगर्न ट्राफिक प्रहरीहरुलाई सुझाव दिए।

उनले पासो थापेको जस्तै गस्ती लगाएर दुर दराजका इलाकाहरुमा गाडिहरुको अनावश्यक चेकिङ्ग गर्ने गरेको यात्रुहरुले कयौं पटक गुनासो गरेको बताए। उनले व्यस्थित रुपमा रुट निर्धारण गरेर चेकजाँच गर्न ट्राफिक ईन्चार्जहरुलाई निर्देशन दिए।

मुख्यमन्त्री सिंहले अभिभावकहरुलाई आफ्नो छोराछोरीलाई उमेर नपुगेसम्म लाइसेन्स बिना सवारी साधन चलाउन नदिन आग्रह गरे।

संसारमा मानिसको ज्यान भन्दा महत्वपूर्ण केही नभएको भन्दै उनले सवारी साधन चलाउँदा ध्यान दिएर चलाउन सुझाव दिए। मुख्यमन्त्री सिंहले सबैजनालाई सडकको नियम पालना गर्न आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.