तरुण दलको आन्तरिक किचलो सडकमा, तदर्थ समिति विघटनको माग गर्दै प्रदर्शन

डिसी नेपाल
२३ जेठ २०८२ १४:४२
136
Shares

काठमाडाैं। नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै तरुण दल आवद्ध युवाहरुले मोटरसाइकल र्‍यालीसहित काठमाडौंमा प्रदर्शन गरेका छन्।

अब तरुण दलको महाधिवेशन हुन नसक्ने ठहर गर्दै तदर्थ समितिको म्याद नथप्न नेतृत्वलाई ध्यानाकर्षण गराउने उद्देश्यका साथ उनीहरुले बिभिन्न स्थान हुँदै कांग्रेस पार्टी कार्यालयसम्म मोटरसाइकल र्‍याली निकालेका हुन्।

२०७३ सालमा पोखरामा भएको महाधिवेशनबाट अहिलेसम्म आउँदा नौ वर्ष बितिसकेको भन्दै कुनै दल वा भ्रातृ संगठन तदर्थवादको नाममा यति लामो समयसम्म रहनुले सिंङ्गो संगठन कमजोर बनिरहेको तरुण दलका केन्द्रीय सदस्य रोजन राइले बताए।

उनले पछिल्लो तदर्थ समिति गठन भएको पनि ३ बर्ष हुँदा पनि महाधिवेशन गर्नेतर्फ उन्मुख नभएकाले अव म्याद थप गर्न नहुने जिकिर गरे।

उनीहरुले कांग्रेसले अन्तिम पटक भन्दै समय थप्दा २०८१ चैत मसान्तबाट स्वतः विघटन हुने भन्ने भाषाको मर्म, धर्म र नैतिकतालाई आत्मसात् गर्दै नयाँ तदर्थ समितको माग गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.