विपद् उद्धार अभ्यासका क्रममा बेपत्ता भएका सुरक्षाकर्मीको खोजी जारी

डिसी नेपाल
२४ जेठ २०८२ १८:१४
32
Shares

धरान । विपद् उद्धार अभ्यासका क्रममा बिहिबार सप्तकोशी नदीमा बेपत्ता भएका दुई जना शसस्त्र प्रहरीमध्ये एकको शव फेला परेको छ भने बेपत्ता एक जनाको खोजी जारी छ।

बेपत्ता भएका दन्तकाली विशेष कार्यतालिम शिक्षालय सप्तरीमा कार्यरत हरेदेव राजवंशीको शव शुक्रबार सप्तकोशी नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए। उनका अनुसार डोटीका सुरज साउद भने अझै बेपत्ता छन्।

सशस्त्र प्रहरी बलका गोताखोर र तालिम प्राप्त विपद् व्यवस्थापनको टोली परिचालन गरी साउदको खोजी कार्य जारी रहेको उपरीक्षक तिमल्सिनाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.