सत्तापक्ष-प्रतिपक्षबीच समझदारी प्रयास, भोलिदेखि संसद बैठक चल्ने आशा

डिसी नेपाल
२५ जेठ २०८२ १९:४४
144
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले सत्तापक्षले ठोस कुराहरु केही गर्न नसकेर पटक पटक संसद स्थगित हुँदै आइरहेको बताएका छन्। आइतबार पनि प्रतिनिधिसभाको बैठक बस्न नसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सदन सधैं यसरी गैरजिम्मेवार हुनु भन्दा पनि जिम्मेवार हुनुपर्ने बताए।

उनले भने, ‘सत्तापक्षले ठोस कुराहरु केही गर्न नसकेर पटक पटक संसद स्थगित हुँदै आइरहेको छ। तर अब केही सकारात्मक कुराहरु भएका छन् त्यसैले भोलि २ बजे संसद बैठक बस्नेछ र चल्ने छ भन्नेमा हामी पनि आशावादी छौं। सदन सधैं यस्तो भएर हुँदैन। जिम्मेवार हुनुपर्छ भनेर सभामुखसँग भनेका छौं।’

यसैगरी नेकपा माओवादी केन्द्रको प्रमुख सचेतकमा हितराज पाण्डेले सदन चलाउन सत्तापक्ष र प्रतिपक्षबिच वार्ता भैइरहेको बताए । उनले भिजिट भिसा प्रकरणमा छानविन आयोग बनाउनुपर्ने बताए।

उनले भने, ‘छलफल जारी नै छ। सहमति केहि भएको छैन। सत्तापक्ष र प्रतिपक्षबिच वार्ता भैइरहेको छ। सुशासनसँग केन्द्रित रहेर छानविन समिति बनाउनुपर्छ भन्नेमा हामी लागिरहेका छौं। प्रतिपक्ष दलका नेता दिनमा पनि आएर समग्र समस्याको हल कसरि गर्ने भन्ने बारे राजनीतिक दलका नेतासँग कुरा भैइरहेको छ।’

यसैगरी नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सदन चलाउन समझदारीको नजिक पुगेको बताए। उनले १३ गतेदेखि अवरुद्ध भइरहेको छ यस्तो गर्न हुँदैन भनेर दिनभर विपक्षीदलसँग अपिल गरे पनि सहमती हुन नसकेको बताए।

उनले भने, ‘हामि समझदारीको नजिक नजिक पुगेका छौं। १३ गतेदेखि अवरुद्ध भैरहेको छ यस्तो गर्न हुँदैन भनेर। दिनभर विपक्षीदलसँग अपिल गरेका थियौँ तर सहमती हुन सकेन। भोलि १२ बजे उनीहरुको बैठक हुने छ अनि सांसद बैठक भोलिबाट सुरु हुनेछ। भोलि गृहमन्त्रीले जवाफ दिनुहुनेछ। अख्तियार अनुसन्धान आयोगले गरेको छानबिन निष्कर्शमा पुगेको पनि छैन। त्यसैले त्यसबारे कुनै समिति बन्ने छैन। एउटा छलफलका माध्यमबाट सहमतिमा अगाडी बढ्नुपर्छ। हिजो संसद उनीहरुकै कारणले बन्द भयो र अब भोलि उनीहरुकै कारण खुल्ने छ।’

भिजिट भिसाको विवादमा तानिएका गृहमन्त्री रमेश लेखकको राजीनामा वा संसदीय छानबिन समितिमध्ये एक माग पुरा नभएसम्म संसद्को अवरोध हट्न नसक्ने अडान लिँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.