एयर इण्डियाले आफ्ना धेरै उडिरहेका विमानलाई फिर्ता बोलायो, कैयौं विमानको बाटो बदल्यो

डिसी नेपाल
३० जेठ २०८२ १३:४८
3.1k
Shares

काठमाडौं । इजरायलले इरानमाथि आक्रमण गरेपछि एयर इन्डियाले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै धेरै उडानहरूको रुट परिवर्तन गरेको छ। साथै, धेरै विमानहरू फिर्ता बोलाइएको छ।

एयर इन्डियाले असुविधाको लागि माफी मागेको छ र प्रभावित सबै उडानहरूको बारेमा जानकारी जारी गरेको छ।

एयर इन्डियाले यात्रुहरूको सुविधाको लागि आफूहरूले हरसम्भव ध्यान दिइरहेकि भनी बताएको छ । यात्रुहरूलाई उनीहरूको गन्तव्यमा पुर्‍याउन वैकल्पिक व्यवस्था गरिँदैछ।

एयर इन्डियाले आफ्नो वेबसाइटमा गएर उडान स्थिति जाँच गर्न सल्लाह दिएको छ। इजरायलको आक्रमणपछि इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.