गृहमन्त्री लेखकले बोल्दै गर्दा रोष्ट्रम पुगेर रास्वपाको नाराबाजी

डिसी नेपाल
३० जेठ २०८२ १७:२५
244
Shares

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले रोष्ट्रममा पुगेर नाराबाजी गरिरहेका छन्।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा दुइ बुदेँ सहमति भए पछि संसद सुरू भए पछि गृहमन्त्री रमेश लेखकले बोल्दै गर्दा रास्वपा र राप्रपाले संसदमा राजिनामा माग्दै नाराबाजी गरेका हुन्।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने उभिएर विरोध जनाएका थिए । यसअघि माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाको सांसद मनिष झाले बोलेपछि गृह मन्त्री लेखकले आफ्नो धारणा राखिरहेका छन्।

सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद  ण्डेलाई समय दिए पनि रास्वपा र राप्रपाले टेबुल ठोकेर बिरोध जनाएका थिए। भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा छानबिन समिति बनाउनु पर्ने माग उनीहरूको रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.