अत्याधुनिक बन्दै बार्सिलोना बन्दरगाह, चिनियाँ कम्पनीहरुलाई सहज

डिसी नेपाल
३१ जेठ २०८२ १३:५२
188
Shares

एजेन्सी । युरोपमा चिनियाँ अटो ढुवानीलाई व्यवस्थित गर्न बार्सिलोना बन्दरगाहलाई स्तरोन्नति गरिदैछ। पोर्ट अफ बार्सिलोनाको नयाँ ईभी टर्मिनल थप व्यवस्थित बनाउने क्रम जारी छ।

युरोपको सबैभन्दा महत्त्वपूर्ण बन्दरगाहहरू मध्ये एक मानिएको यो बन्दरगाहले लाखौं टन कार्गो ह्यान्डल गर्न र प्रत्येक वर्ष लाखौं क्रूज जहाज यात्रुहरूलाई स्वागत गर्नेछ।

सन् २०२७ सम्ममा सञ्चालनमा आउने तयारीमा रहेको यो बन्दरगाहले बार्सिलोनाको अटोमोटिभ हबको रूपमा थप विकसित गराउने लक्ष्य लिएको छ।

७५ मिलियन अमेरिकी डलरको यो योजना सम्पन्न भए समुद्री, रेल र सडक मार्गहरू जोड्दै, चिनियाँ कार निर्माताहरूलाई दक्षिणी र मध्य युरोपमा सीधा सम्पर्क विस्तार गर्नेछ।

१० हजार सवारी साधनको क्षमता भएको यो योजना सम्पन्न भए यसले २०२८ सम्ममा प्रति वर्ष लगभग १८० हजार कारहरू आदनप्रदान गर्ने र जसमध्ये धेरैजसो चिनियाँ ईभी कम्पनीहरू यसमा सक्रिय हुनेछन्।

२०२३ मा, बार्सिलोना बन्दरगाहले लगभग आठलाख कारहरू आयात गरेको थियो। र चाँडै नै नयाँ अत्याधुनिक टर्मिनल निर्माण सम्पन्न भएपछि स्पेन र युरोपको हरित क्रान्तिलाई गति दिन मद्दत गर्ने अनुमान छ।(सीसीटीभीप्लस)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.