आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदै, नेपालले सोमबार खेल्ने

डिसी नेपाल
१ असार २०८२ ७:३०
648
Shares

काठमाडौँ। आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदैछ। स्कटल्यान्डमा हुने शृंखलाको पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् भिड्दै छन्।

खेल ग्लास्गोमा नेपाली समयअनुसार पौने ७ बजे सुरु हुनेछ। नेपालले आफ्नो पहिलो खेल भोलि सोमबार नेदरल्यान्ड्ससँग खेल्नेछ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन्। तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी २० शृंखला गुमाउने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.