बिराेधकाबीच प्रतिनिधिसभा बैठक जारी, रास्वपाद्वारा बेल घेराउ र नाराबाजी

डिसी नेपाल
१ असार २०८२ १३:०७
104
Shares

काठमाडौं। प्रतिनिधिसभाको बैठक सुरू भएको छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक जारी बैठक बिहान ११ः०० बजे बोलाए पनि झन्डै २ घन्टा ढिला गरी सुचारू भएको हो।

तर, आजको बैठक पनि राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले भने उभिएर बिरोध गरिरहेका छन्। तर, सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई समय दिएपछि रास्वपाले भने बेल घेराउ गरिरहेकाे छ।

उनीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको माग गरेका छन्।

आजको बैठकमा राष्ट्रियसभाबाट उत्पति भएको पानी जहाज (सञ्चालन तथा ब्यवस्थापन) बिधेयक, २०८१ का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गरिने कार्यसूची रहेको छ।

आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२-८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूचीमा राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.