रास्वपा सांसद झाको आरोप- प्रतिनिधिसभा बैठकमा सभामुखले हामीलाई बोल्नै दिनु भएन

डिसी नेपाल
१ असार २०८२ १६:३५
136
Shares

काठमाडौं । रास्वपाका सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफूहरूलाई बोल्न नदिएको बताएका छन्।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले बिहान सभामुखसँग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्ने दिने र अन्य प्रक्रिया अघि बढाउने सहमति भए पनि त्यसविपरित सभामुखले आफूहरूलाई बोल्न नदिएको बताएका हुन्।

झाले सभामुखले सदनको अभिभावकत्व निर्वाह गर्न नसकेको र पेलेरै लाने व्यवहार देखाएको उल्लेख गरे। प्रमुख प्रतिपक्षी दलले सत्तापक्षसंग उधारो सहमति गरेकाले आफूहरूले आन्दोलनलाई निरन्तरता दिएको उनले बताए। उनले भिजिट भिसा प्रकरणको छानविनको ठोस प्रक्रिया चालिने भनिएपनि स्पष्ट रुपमा नआएकाले सो सहमतिमा रास्वपा सामेल नभएको जिकिर गरे।

झाले नियमावलीको बिपरित कांग्र्रेसका सांसदलाई आकस्मिक समयमा एक वर्ष पुरानो मुद्दामा बोल्न दिएको भन्दै आपत्ति समेत जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.