भूमि पूजा पुरातन मान्यता मात्र होइन, वैज्ञानिक आधार पनि हो : मन्त्री पाण्डे

डिसी नेपाल
१ असार २०८२ १७:५१
72
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले भूमि पूजाको महत्व विश्वभर फैलाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

आइतबार राजधानीमा मगर समुदायले मनाउने भूमे पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भूमि पूजा केवल पुरातन मान्यता नभइ वैज्ञानिक आधारसमेत भएको बताए।

उनले भूमिको संरक्षणले जलवायु परिवर्तनका विश्वव्यापी असरहरूबाट मानव जातिलाई जोगाउन सक्ने स्पष्ट पारे।

उनले भने, ‘पृथ्वी असन्तुलनमा जाँदैछ भन्ने चिन्ता बढ्दो छ, र मानव समाज संकटमा पर्न सक्ने खतरा देखिँदैछ।’

यस्तै, उनले मगर समुदायको परम्परागत ज्ञान र आचरणले भूमिलाई क्षति नपु¥याउने उदाहरण प्रस्तुत गर्दै यस्ता अभ्यासहरूलाई विश्वभर फैलाउन आवश्यक रहेको बताए।

उनले भने, ‘भूमि पूजाले जलवायु परिवर्तनको विरुद्ध सकारात्मक सन्देश दिन्छ। यसमा प्रकृति पूजाको पक्ष पनि जोडिएको छ, जसले जल, जंगल, जमिन र स्वच्छ वायुको संरक्षणको संदेश दिन्छ।’

उनले संस्कृति मन्त्रालयद्वारा संस्कृतिक पर्वहरूको सूचीकरण र व्यवस्थापन कार्यविधि पारित भइसकेको जानकारी गराउँदै भूमे पर्वलाई पनि सूचीकरण गरिने विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.