सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन लागौं : मुख्यमन्त्री शाही

डिसी नेपाल
३ असार २०८२ १६:२८
192
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउन सबै लाग्नुपर्नेमा जोड दिएका छन्।

मंगलबार सुदूरपश्चिम विश्वविद्यालयको १६औं स्थापना दिवसका अवसरमा महेन्द्रनगर कञ्चनपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

‘कृषि, पर्यटन, धार्मिक टुरिजम क्षेत्रको विकास र प्रवर्द्धनको विषयमा अध्ययन अध्यापन हुनुपर्छ,’ मुख्यमन्त्री शाहले भने, ‘रोजगारी र उत्पादन बढाउने र हाम्रो सीप र क्षमतालाई विश्व बजारमा लैजानु पर्छ।’ साथै उनले प्रदेश सरकार सुदूरपश्चिम विश्वविद्यालयलाई सहयोग गर्न तयार रहेको समेत स्पष्ट पारे।

कार्यक्रममा २५ वर्षदेखि निरन्तर कार्यरत ४३ जना कर्मचारी र प्रद्यापकलाई दीर्घ सेवा पदक एवं प्रमाणपत्र वितरण गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.