१३ वर्षीया नेपाली किशोरीको सीमाबाट उद्धार

डिसी नेपाल
५ असार २०८२ १६:०५
88
Shares

रौतहट । एक १३ वर्षीया नेपाली किशोरीलाई विभिन्न निकायको सहयोगमा उद्धार गरिएको छ।

भारतीय शहर रक्सौल सीमामा भारतको सीमा सुरक्षा बल (एसएसबी), जुभेनाइल एड सेन्टर र डंकन अस्पतालको न्याय नेटवर्क परियोजनाको संयुक्त अपरेसनमा किशोरीको उद्धार गरिएको हो।

किशोरीलाई विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजादै गरेको अवस्थामा सीमा क्षेत्रबाट उद्धार गर्न सफल भएको भारतीय सुरक्षा निकायले उल्लेख गरिएको छ।

काठमाडौंबाट किशोरीलाई राम्रो जागिर तथा विहे गर्ने प्रलोभन देखाएर लैजादै गरेको अवस्थामा उद्धार गरिएको भारतीय सुरक्षा अधिकारीहरुले बताएका छन।

किशोरीले स्टार मेकर एपमार्फत भारत विहार पूर्वी चम्पारणका शेख रिजवानसग मित्रता भएको र पछि प्रेम सम्बन्धमा परिणत भएको किशोरीले बताइन्।

मानव तस्करी रोधी इकाईले तत्काल कारबाही गर्दै किशोरीलाई सुरक्षित राखी रिजवानलाई रक्सौलको हरैया थानामा बुझाएको छ। रिजवानविरुद्ध मुद्दा दर्ता भई अनुसन्धान जारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.