नेदरल्यान्डसविरुद्धको खेलमा नेपालले टस जित्यो

डिसी नेपाल
५ असार २०८२ १९:३४
164
Shares

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्याण्डमा जारी टि २० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा टस जितेको छ।

स्कटल्यान्डको टिटउट रंगशालामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्। योसँगै नेदरल्यान्ड्सले पहिला ब्याटिङ गर्नेछ ।

टि २० सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपरओभरमा पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डलाई दुई विकेटले हराएको थियो।

नेदरल्यान्ड्सविरुद्धको आजको खेलमा नेपालका खेलाडी भीम सार्कीले डेब्यू गरेका छन्। सार्कीलाई उपकप्तान दिपेन्द्रसिंह ऐरीले डेब्यू क्याप हस्तान्तरण गरेका हुन्। उनी टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा नेपालका ५२औँ खेलाडी हुन्। जारी सिरिजमा यसअघि किरण ठगुन्ना र रुपेश सिंहले डेब्यू गरेका थिए।

नेपालको प्लेइङ ११ मा कप्तान पौडेलसहित, लोकेश बम, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, भीम शार्की, रुपेश सिंह, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र आरिफ शेख छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.