नेदरल्यान्ड्सले नेपाललाई दियो एक सय ७५ रनको लक्ष्य

डिसी नेपाल
५ असार २०८२ २१:३०
112
Shares

काठमाडौं। स्कटल्याण्डमा जारी टि २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले एक सय ७५ रनको लक्ष्य पाएको छ।

स्कटल्यान्डको टिटउट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७४ रन बनाएको हो।

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ८६ रन बनाए। उनले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। यस्तै रेलोफ भान डेर मर्वेले ३६ तथा आर्यन दत्तले १७ रन बनाए। नेपालका लागि करण केसीले दुई विकेट लिए।

यस्तै ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले एक एक विकेट लिए।

टि २० सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपरओभरमा पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डलाई दुई विकेटले हराएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.