क्रोएसिया पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

डिसी नेपाल
८ असार २०८२ २०:१५
228
Shares

काठमाडौं । क्रोएसिया पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेक गाउँपालिका–३ घर घइ काठमाडौं नागार्जुन बस्दै आएका ४२ वर्षीय सुवर्ण कुमार बल छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो।

उनले क्रोएसिया पठाउने भन्दै ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ। पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.