आजबाट होली पर्व आरम्भ, बसन्तपुरमा चीर ठड्याइयो (तस्बिर)
काठमाडौं। फागु पर्व अर्थात रंगहरुको उत्सव होली आज (मंगलबार) देखि औपचारिक रुपमा सुरु भएको छ।
काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली उपत्यकालगायत मुलुकभर औपचारिक रुपमा सुरु भएको हो।
आज बिहान ७ः१३ बजेको शुभसाइतमा पारेर बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर तीन छत्रे होलीको चीर ठड्याएका हुन् । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ।
यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८र१९ गते परेको छ । १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई जिल्लामा होलीको सार्वजनिक विदा दिइएको छ।











No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment