प्रभु बैंकका ग्राहकलाई पोखराको बेगनास लेक फ्रन्ट रेष्टुरेण्टमा १० प्रतिशत छुट

डिसी नेपाल
९ असार २०८२ १५:५१
44
Shares

पोखरा । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनास ताल, कास्कीस्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित रेष्टुरेण्टमा पाइने खाना तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले बेगनासतालको रमणीय दृश्यावलोकनको आनन्दका साथसाथै खाना र आवास सुविधामा १०% छुट पाउने भएका छन्। सो छुट सेवा सुविधा वेगनास लेक फ्रन्ट रेष्टुरेण्टमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता¬–पत्रमा वेगनास लेक फ्रन्ट रेष्टुरेण्टका तर्फबाट प्रोप्राइटर विश्व राज पौडेल तथा प्रभु बैंक लि.का तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलको संयुक्त हस्ताक्षर छ ।

“बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३५ लाखभन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *