रुपन्देहीमा चट्याङ लागेर महिलाको मृत्यु

डिसी नेपाल
९ असार २०८२ २०:१७
188
Shares

भैरहवा (रुपन्देही)। आज बिहान चट्याङ लागेर रुपन्देहीको मर्चवारमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मर्चवारी गाउँपालिका–३ महाराजगञ्ज बस्ने ४५ वर्षीया प्रमिला यादव रहेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए।

साउदका अनुसार बिहान घारबाट करिब एक सय मिटर पूर्व रहेको आफ्नै खेतमा रोपाइँ गर्न गएको अवस्थामा बिहान साढे ६ बजे यादवलाई चट्याङ लागेको थियो। चट्याङ लागेर बेहोस भएकी यादवलाई भैरहवास्थित भीम अस्पतालमा पुर्‍याएको र त्यहाँ उपचारका क्रममा मृत्यु भएको साउदले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.