कैलाश मानसरोवर गएका विदेशी नागरिकको मृत्यु

डिसी नेपाल
९ असार २०८२ २२:०३
48
Shares

रसुवा। कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ।

मृत्यु हुनेमा फिजीका ५५ वर्षीय दलिप सिंह रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

यही असार ७ गते चीनको भूभागमा उनको मृत्यु भएको थियो। मृतक सिंहको शव केरूङदेखि स्याफ्रुबेँसी हुँदै हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। उनको मृत्युको कारण भने खुल्न सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.