कैलाश मानसरोवर गएका विदेशी नागरिकको मृत्यु
रसुवा। कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ।
मृत्यु हुनेमा फिजीका ५५ वर्षीय दलिप सिंह रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
यही असार ७ गते चीनको भूभागमा उनको मृत्यु भएको थियो। मृतक सिंहको शव केरूङदेखि स्याफ्रुबेँसी हुँदै हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। उनको मृत्युको कारण भने खुल्न सकेको छैन।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment