हरित कोइलाबारे नेपालीलाई बुझाउन जरुरी छ
कुबेरमणि नेपाल उर्जा उद्यमी हुन्। जैविक उर्जा व्यवसायी संघ उपाध्यक्ष एव रिडी पावर कम्पनीको अध्यक्ष हुन्। उनले नेपालमा हरित कोइला उत्पादन गरिरहेका छन्। बकस रेन्युएबल इनर्जी कम्पनी लिमिटेड स्थापना गरेर विदेशबाट आउने पत्थर कोइलालाई विस्थापित गर्नेगरी बनजंगलको झारपात सदुपयोग गर्दै हरित कोइला उत्पादन गरिरहेको छ। हरित कोइलाको महत्वबारे नेपालसँग गरिएकाे कुराकानी ।
हरित कोइला भनेको के हो ?
हरित कोइला चाहिँ के हो भने जुनसुकै प्रकारको बायोमासलाई धुलो बनाएर सानो प्लेटको फर्ममा अथवा ब्रिकेटको फर्मममा लान्छौं। जुन चाहिँ हाम्रो देशको झारपात, खेर गएको बनको झाडी त्यस्तै गरेर स डस्ट (काठ मि बाट निस्केको धुलो) प्लाइको भेनिएरको ह्स्टिहरु राखेर हामीले दुईओटा प्रोडक्ट बनाएका छौं।
एउटालाई बायोमास प्लेट भनिन्छ। अर्को चाहिँ बायोमास ब्रिकेट हो। जसलाई हरित कोइला भनेर चिनिन्छ। यो कारखाना सर्लाही जिल्लामा छ। त्यहाँका स्थानीयहरुले त्यसलाई कोइला फ्याक्ट्री भन्ने गरेका छन्।
यसकालागि आवश्यक कच्चा पदार्थको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
कच्चा पदार्थमा चाहिँ बनमा काम नालाग्ने झाडि वा कुनैपनि राम्रो खालको बायोमास पनि हुन सक्छ। हामीले धेरैजसो बनमा हुने बनमाराहरु चलाएका छौं। स डस्ट भेनियरको ह्विस्ट तोरीको डाँठ, दाउरा, मसला र आँपको काठ आदी प्रयोग गरेर बनाउँछौं।
यसको प्रयोग कसरी गर्न सकिन्छ ?
हरित कोइला चाँही नयाँ प्रडक्ट हो। यो आफैं बल्दैन, यसका लागि उपयुक्त खालको चुल्हो अथवा बर्नर आवश्यक हुन्छ। जुनचाहीँ बजारमा अहिले उपलब्ध नभएको हुनाले हामीले अहिले प्रबिधि र कोइला दुईवटै बेच्नु परिरहेको अवस्था छ। हामीले विस्तारै त्यसको पनि बजारीकरण गरिरहेका छौं।
पछिल्लो दुई वर्ष पछिको अहिले तेस्रो वर्षमा चाहिँ उपभोक्ताहरु आफैं जागरुक भएर चुल्होहरु वा बर्नरहरु पनि आफैंले बाहिरबाट झिकाइरहेको हुनाले बजार चाहिँ विस्तारै सुधारिदै गएको अवस्था छ। तर, अझैंपनि धेरै सर्वसाधारणहरुलाई यो कोइलाको बारेमा थाहै छैन।
यसलाई चाहीँ हामीले बायोमास डिजेलको रुपमा लिन सकिन्छ। यसले कोइला, डिजेल, पेट्रोल र एलपी ग्याँसलाई प्रतिस्थापन गर्दछ। यसलाई क्यासीकेसन प्रक्रियाबाट बाल्नुपर्ने हुन्छ। त्यसको लागि हामीलाई प्रबिधि चाहिन्छ। जति धेरै त्यस्तो प्रबिधि नेपालमा आयो त्यति धेरै नै यसको मार्केट बढेर जान्छ।
हरित कोइला उपयोग गर्न सकिने चुल्हो नेपाली बजारमा छैन ?
नेपाली बजारमा यस्तो खालको चुल्हो पाइँदैन। त्यसकारण हामीले अहिले भारत र चाईनाबाट आयात गरिरहेका छौं।
त्यस्तो चुल्हो हाम्रै देशमा बनाउन सकिंदैन ?
बनाउन त सकिन्छ होला तर अहिले हाम्रोमा नबनेको हुनाले भारतबाट ल्याएर ग्राहकहरुलाई यो चुल्होको बारेमा पढाउँदै सिकाउँदै एलपि ग्याँस र पेट्रोलियम पदार्थको प्रयोग भन्दा यसको प्रयोग कति किफायति भयो त भन्ने कुरा देखाउँछौं। एलपीजी ग्याँसको प्रयोगको सट्टा यसको प्रयोग गर्दा हुने फाइदाका बारेमा पनि सिकाउँछौं।
जसले यो प्रयोग गुर्न भएको छ उहाँहरुले बायोमासको माग विस्तारै एकपछि अर्को गरी बढाउँदै जानु भएको छ। ठूला खालका उद्योगहरु जस्तै भुजिया, दालमोठ पकाइरहनु पर्नेहरुका लागि त यसले धेरै ठुलो बचत गरेको छ। जसले यो प्रबिधि प्रयोग गर्नु भएको छ उहाँहरुले फेरि फर्किएर हेर्नु परेको छैन्।
हरित कोइलाको प्रयोग कत्तिको खर्चिलो छ ?
चुल्हो चाहिँ खर्चिलो भएका कारण सरकारको अनुदान पनि आवश्यक छ। किनभने अहिले बजारमा ५÷७ हजार रुपैयाँमा ग्याँस सिलिन्डर र चुल्हो पाइन्छ। तर, यसलाई चाहिँ त्योभन्दा महंगो नै पर्छ। त्यसकारण घरायसी प्रयोगका लागि यो अलि खर्चिलो छ।
औद्योगिक प्रयोजनका लागि चलाउँदा पनि ५-७ लाख देखि एक करोड रुपैयाँसम्म पर्न आउँछ। त्यसकारण प्रबिधि चाहिँ अलि महंगो नै छ। तर समग्रमा खपत हेर्ने हो भने चाहिँ करिब ६ महिनामा खर्च उठ्छ। तरपनि एकैचोटि लगानी गर्न के भइरहेको छ भनेदेखि मान्छेहरु अलि हिचकिचाइरहेको अवस्था छ।
एलपीजी, डिजेल र पेट्रोलियमको तुलनामा यसको प्रयोग कत्तिको सस्तो छ ?
सामान्यतया हामीले हेर्दाखेरी यसलाई कसरी हेर्छौं भनेदेखि एक केजी ग्याँस, पेट्रोल वा डिजेलले कति इनर्जी दिन्छ, त्यसलाई किलो क्यालोरीमा नाप्छौं। सामान्यतया भन्नुपर्दा एक केजी एलपिजीले ११ हजार किलो क्यालेरी इनर्जी दिन्छ।
डिजेलले ११ हजार २ सय क्यालोरी इनर्जी दिन्छ, पेट्रोलले पनि सोहि बराबरमा इनर्जी दिन्छ। यति इनर्जीका लागि डिजेल किन्न अहिलेको मूल्य अनुसार १ सय ५० रुपैयाँ सम्म तिर्नुपर्छ।
एलपीजी किन्न १ सय ३५ रुपैयाँ तिर्नुपर्छ। अहिले हामीले उत्पादन गरेको प्लेटको मूल्य बजारमा प्रतिकिलो ३० रुपैयाँ छ। ३० रुपैयाँको प्लेटले ४ हजार २ सय किलो क्यालोरीको इनर्जी उतपादन गर्दछ। भाग गर्दाखेरी २ दशमलव २ केजी प्लेट हुँदा एक केजी ग्याँस बराबर हुन्छ।
त्यसो गर्दाखेरी करीब ७५ रुपैयाँमा १ सय १३५ रुपैयाँको काम गर्दछ। त्यसकारण यसले एलपिजीमा करिब ४५÷५० प्रतिशत सम्म फाइदा गर्दछ। अझ डिजेलको तुलनामा त ५० प्रतिशत नै सस्तो पर्दछ।







डिसी नेपाल







Facebook Comment