प्रहरी विधयेक असार महिनाभित्रै संसदमा पेश गर्ने वातावरण बनाइदिन गृहमन्त्री लेखकको आग्रह

डिसी नेपाल
११ असार २०८२ १५:४५
92
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक असार महिनाभित्रै प्रतिनिधीसभा पेश गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन्।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सम्भव भए नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेश गर्ने वातावरण बनाइदिन आग्रह गरेका हुन्।

‘समितिमा आजबाट नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल प्रारम्भ गरेका छौं,’ उनले भने, ‘७० सालपछि प्रहरी कानुन बनाउँदै छौं। यो मेरो र गृहमन्त्रालयको प्राथमिकताको विषय हो। विधेयक टुंगो लगाउन जति समय छलफलका लागि भन्नु हुन्छ हामी तयार छौं।’

उनले सशस्त्र प्रहरी बलको विधयेक पनि महत्वपूर्ण नै रहेको बताउँदै सो विधयेक पनि टुंगो लगाउन समिति समक्ष्य आग्रह गरे।

‘गृह अन्र्तगतका अरु पनि विधयेकहरु पाइपलाइनमा छन्,’ मन्त्री लेखकले भने, ‘यी विषयहरुमा समितिका माननीयहरुले दिनुभएको प्राथमिकताका लागि धन्यवाद दिन चाहन्छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.