आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु

डिसी नेपाल
१२ असार २०८२ ७:४४
20
Shares

काठमाडौं। जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदैछ।

आज बिहीबारदेखि सुरु हुने प्रतियोगिता शनिबारसम्म सञ्चालन हुने छ। प्रतियोगितामा सातै प्रदेशका कबड्डी टोली सहभागी हुने छन्।

मधेश प्रदेश सरकारले ५० लाख रुपैयाँको लागतमा कबड्डी प्रतियोगिता गराउन लागेको हो। हरेक प्रदेशबाट १२ जनाका दरले ८४ जना खेलाडी सहभागी हुने छन्।

प्रतियोगिताको विजेतालाई २५ हजार, दोस्रो हुने टोलीलाई २० हजार र तेस्रो हुने टोलीलाई १५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.