प्रकाशचन्द्र खतिवडाका पाँच गीत
१. राष्ट्रियता
छाम्दा छाम्दै भेटे मैले
आफ्नै देशको मुटु
गोरेटोमा कुँदु लाग्छ
बादलमा उँडु
देश बोकी हिँडिरैछु
स्वाभिमानी म हुँ
फूल रोप्छु पुज्नलाई
पुजारी नै म हुँ।
डराउन्न कोही सामु
बैरी जति आउन
गर्जन गर्छु थर्काएर
बैरी सबै भागुन्।
झुकेन शिर
उठाउने म वीर हुँ
देश बोकी हिँडिरैछु
देश भक्त म हुँ।
२. जुलुस
जुलुस किन आउने गथ्र्यो?
मागहरु पूरा भए
मुर्दा किन चिच्याउँथे
सम्झौता कुरा भए।
मान्छेहरु के खोज्दैछन्?
हिजो आज सडकमा
कसले उद्धयाएछ कुन्नि
हिजो आज तिनीहरु छुरा भए।
बुलन्द छन् आवाजहरु
गोलबन्द भए पछि
उचाल्दैछन् मुठ्ठिहरु
हेर्दा हेर्दै तिनीहरु सुरा भए।
३. कात्रो
भित्र लाउने भोटो छैन
लगौंटीको के कुरा?
कमिज भयो धुजा धुजा
कन्दनीको के कुरा?
कहाँ जाउँ कसलाई भनुँ?
यो मनको ब्यथा
सबै ताप्छन् बलेकै आगो
अंगारको के कुरा?
कसले टाल्छ, कसले सिउँछ ?
च्यातिएको मन
सबै ताक्छन् महल नै
बुकुराको के कुरा ?
बाँच्ने नाउँमा मर्नु पर्ने
जिन्दगीको कथा
मर्दा खेरी कात्रो छैन
चिहानको के कुरा?
कति रोउँ कति सहुँ
एकबारको चोला
तपाईहरुकै मगन मस्ति
प्रकाशको के कुरा।
४. उखुण्डो जिन्दगी
मन धुन्छु सधैं भरी
मैलो हुन्छ फेरि किन?
बिर्सि दिन्छु ब्यथाहरु
बल्झि दिन्छ फेरि किन?
मनै भरी तनै भरी
फूली दिन्छु रातो दिन
दुर्गन्ध गन्हाउँछ
जताततै फेरि किन?
खडेरी छैन आँखामा
न मरेका छन् भावनाहरु
तुषारोले खाइ दिन्छ
मुनाहरु फेरि किन ?
कति आनन्द छ जिन्दगी
मुर्खहरुले हेर्दा खेरि
उस्तै उखुण्डो छ जिन्दगी
बुझक्कडलाई फेरि किन?
५. नेता
मलाई पनि नेता बन्ने
नसिबमा लेख्या होला
नेताहरुले जनतालाई
भोट बंैक देख्या होला।
हिजो सम्म जदौ हजुर
अबिर जात्रा गरेपछि
नाक मुख देखाउन नि
आडम्बरले छेक्या होला।
पाउ कष्ट नगरे नि
हामी तिम्रै दास
के के दिन्थ्गौ बबुरालाई?
सिंहदरबारले रोक्या होला।
ढिडो छैन यहाँ तल
माथि मोज भोज
ह्विस्की, ब्राण्डी च्यालेन्जरले
दिमाग सबै रिंग्या होला।
सुन्दरहरैंचा -६, दुलारी, मोरङ
प्रतिक्रिया
















Facebook Comment