मुग्लिन-नारायणगढ सडक खण्ड दुई घण्टा बन्द रहने
काठमाडौं । मुग्लिन-नारायणगढ सडकअन्तर्गत चितवनको तुइनखोला क्षेत्र आज दिउँसो २ घण्टा बन्द रहने भएको छ।
तुइन खोला पुल नजिकै पहिरोको जोखिम उच्च रही कुनै पनि समयमा माथिबाट ढुंगा झर्ने र सम्भावित दुर्घटना हुन सक्ने भएकोले सडक डिभिजन भरतपुरले हाल ढुंगा झार्ने काम गरिरहेकाले सडक केहीबेर अवरुद्ध हुने भएको हो।
सम्भावित दुर्घटनालाई न्यूनीकरणका लागि सडक डिभिजनबाट लङ बूम स्काभेटर प्रयोग गरि ढुंगा झार्ने काम अझै कायमै रहेको हुँदा आज बिहीबार दिउँसो १ बजेदेखि ३ बजेसम्म करिब २ घण्टा जति पुनः सवारी आवागमन बन्द रहने कार्यालयले जनाएको छ।
उक्त अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारीसाधन रोक्न सडक डिभिजनले अनुरोध गरेको छ। पहिलोपटक रोकिएका सवारीसाधनको आवागमन खुला गरि पुनः अहिले काम भइरहेको इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए।







डिसी नेपाल







Facebook Comment